एसिया कप छनोट क्रिकेटमा नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

एसिया कप छनोट क्रिकेटमा नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, १७ भदौ ।

एसिया कप क्रिकेट छनोट प्रतियोगिता नेपालले लगातार दोस्रो जित हात पारेको छ । क्वालालम्पुरको युकेएम ओभल मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको हो ।

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । योसँगै चार खेलबाट ४ अंक जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।

सिंगापुरले चार खेलबाट खातै खोल्न सकेको छैन । छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउन जित्नै पर्ने दवावका साथ मैदान उत्रिएको नेपालको जितमा अनिल साहले ३२ बलमा ४३ रन जोडे ।

यस्तै दिपेन्द्र सिंह ऐरी ३३, ज्ञानेन्द्र मल्ल २०, सुवास खकुरेलले र सागर पुन समान १४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । आरिफ शेख ४ रनमा नटआउट रहे । अनिल र सुवासले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए ।

यद्यपि १४ औं ओभरमा पारस र सुवास आउट भएपछि नेपाल दवावमा आएको थियो । ज्ञानेन्द्र र दिपेन्द्रले चौथो विकेटका लागि ४७ रनको साझेदारी गरेपछि नेपाल उन्मुख भएको थियो ।
आरिफ शेखले आफ्नो पहिलो बलमै चौका हान्दै नेपाललाई जित दिलाए । सोमपाल कामी शुन्य रनमा रहे । विजय कुमार र अनन्था कृष्णले समान २–२ विकेट लिए ।

यसअघि मलेसियामा टस जितेर व्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १ सय ५१ रनमा अलआउट भएको थियो । ४२ औं ओभरमको अन्तिम बलमा बसन्त रेग्मीले कार्थिकेयन सुब्रमन्यमलाई २० रनमा बोल्ड गरेपछि सिंगापुर १ सय ५१ रनमा अलआउट भयो ।

किफायती बलिङ गरेका बसन्तले ८ ओभरमा २० रन दिएर १ विकेट मात्र लिए । ललित राजबंशी र सन्दिप लामिछानेले ३–३ तथा सोमपाल कामीले २ विकेट लिए । सोमपालले पहिलो ओभरमा मेडन सहित विकेट लिएपछि सिंगापुर सुरुवात मै दवावमा आएको थियो ।

चौथो ओभरमा ललित राजबंशी र पांचौमा सोमपालले अर्को विकेट लिएपछि सिंगापुरको इनिङ्स धरापमा परेको थियो । चौथो विकेटका लागि क्याप्टेन चेतन सूर्यवंशी र अनिश पर्रामले ८० रनको साझेदारी गरेपछि सिंगापुरको इनिङ्स केही सम्हालियो ।

२७ औं ओभरमा अनिश आउट भएपछि सिंगापुरको विकेट पतन सुरु भएको थियो । चेतन ६० रनमा ललितको शिकार बने । सिंगापुरका ७ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा नेपालले १३ रन अतिरिक्त दिएको थियो ।

अर्को खेलमा यूएईले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ९३ रनको सामान्य लक्ष्य उसले मात्र ४९ वलमा २ विकेट गुमाएर भेट्टायो ।
जितपछि यूएईको पनि ६ अंक भएको छ । अर्को खेलमा ओमानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याईरहेको हङकङले बिना क्षति ५ ओभरमा २५ रन जोडेपछि वर्षाले खेल रोकिएको छ ।
लिग चरणको अन्तिम खेलमा ओमान र यूएई, नेपाल र हङकङ तथा मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ