१२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे, यसरी भएको थियो धावनमार्गमै विमान दुर्घटना

१२ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे, यसरी भएको थियो धावनमार्गमै विमान दुर्घटना

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, १७ भदौ । यती एयरको विमान धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेपछि अवरुद्ध बनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १२ घण्टापछि सञ्चालनमा आएको छ ।

विमानस्थल आज बिहान साढे ८ बजेबाट नियमित संचालनमा आएको हो । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएपछि गएराति साढे ८ वजेबाट विमानस्थल अवरुद्ध भएको थियो ।

धावनमार्गमा रहेको विमानलाई हटाएर पार्किङ स्थलमा सारिएको त्रिभुवन विमानस्थल कार्यलयले जनाएको छ । मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्रा्ष्ट्रियका २ दर्जन उडान ठप्प हुँदा सयौं यात्रु अलपत्र परेका थिए ।

यसैविच यती यएरको हिजो भएको सो घटनामा जहाजमा रहेका ५ यात्रु सामान्य घाईते भएका छन् । चालक दल र अरु यात्रुको अवस्था सामान्य छ ।
कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज रनवेबाट चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर भाँच्चिएको विमानस्थलका महाप्रबन्ध राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ