यी हुन् पाथीभरा गोल्डकप तेश्रो संस्करणमा चर्चा कमाउन सफल खेलाडिहरु

यी हुन् पाथीभरा गोल्डकप तेश्रो संस्करणमा चर्चा कमाउन सफल खेलाडिहरु

  • आइतवार, भदौ १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

१७ भाद्र, ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङमा शनिबार सम्पन्न तेश्रो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगिता सानदार रुपमा सम्पन्न भएको छ । भाद्र ८ गतेदेखि १६ गतेसम्म ९ खेल भए । उक्त खेलमा बिभिन्न टिम र क्लबका खेलाडिहरू चर्चामा रहे । उक्त ९ खेलका ९ चर्चित खेलाडि यस्ता छन् ।
भाद्र ८ गते, शुक्रबार 
अघिल्लो हप्ताको शुक्रबार भएको उद्घाटन खेल रेडहर्स क्लब, इलाम र कञ्चनजंघा फुङलिङ क्लब, ताप्लेजुङबीच भएको थियो । इलामले ताप्लेजुङलाई १–० गोलान्तरले पराजीत ग¥यो । उक्त खेलमा सञ्जय धिमालले डीबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुम्यो । रेडहर्स क्लब, इलामका धिमालले गरेको गोल नै इलामको लागि निर्णयक बन्यो । पहिलो उद्घाटन खेलको म्यान अफ दी म्याच इलामका निरोज बस्नेत बने ।
भाद्र ९ गते, शनिबार
दोश्रो खेल कर्णसिंह सोनमएफसी, ताप्लेजुङ र फिदिम स्पोर्टिङ क्लब, पाँचथरबीचभएको थियो । उक्त खेलमा कर्णसिंह सोनाम एफसी, ताप्लेजुङ ३–० गोलअन्तरले बिजयी भयो । उक्त खेलमा कर्णसिंह सोनामका खेलाडि जर्सी नम्बर ९ का राजकुमार घिसिङले ३, ३७औँ मिनेटमा जर्सी नम्बर ११ काफोडे फोफनाले, ५५ औँ मिनेटमा फोफनाले दोश्रो गोल गरे । फिदिम स्पोर्टिङ क्लब, पाँचथरलाई दुईगोल गरेका फोफना नै शनिबारको खेलमा म्यान अफ दी म्याच घोषित भए ।
भाद्र १० गते, आईतबार
पाथीभरा गोल्डकपको तेश्रो खेलमा रेडस्टार क्लब, बिर्तामोड, झापा र रेडहर्ष क्लब, इलामबीच भएको खेलमा, झापाले २–१ को बिजयी नतिजा निकालेको थियो । बिजयी भएसँगै रेडस्टार क्लब, झापा सेमीफाइनलमा प्रबेश गरेको हो । झापाका लागि बिदेशी खेलाडि मार्टिन्सले ५६ औँ  र महिरीले ६० औँ मिनेटमा गोल गरेका थिए । खेलको ९० औँ मिनेटमा रेडहर्ष क्लब, इलामका संजय धमलाले सान्त्वना गोल गरे । उक्त खेलमा रेडस्टार क्लब बिर्तामोड, झापाका बिबेक पौडेल म्यान अफ दी म्याच घोषित भए ।
भाद्र ११ गते,सोमबार
चौथो खेलमा न्युस्टार क्लब, बिर्तामोड, झापाले कर्णसिंह सोनाम एफसी, ताप्लेजुङलाई १–० ले हरायो । उक्त बिजयसँगै न्यूस्टार क्लब, झापा सेमीफाईनल प्रबेश गरेको थियो । खोलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन सकेन । अतिरिक्त समयको १९ औँ मिनेटमा रोमन भुजेलले फ्रीकिकबाट गोल गरे । सोहि गोल नै न्यूस्टारको लागि निर्णयक गोल बन्यो । न्यूस्टारका जीवन धमला म्यान अफ दी म्याच घोषितभए ।
भाद्र १२ गते, मंगलबार
राष्ट्रिय जागृति क्लब, सुनसरी र युके एफसी, दार्जिलिङ, भारतबीचको खेलको स्कोर ३–० रह्यो । २  खेलाडिले प्रहार गरेको २ ओटा प्रहारलाई बिबेश चौधरीले आकर्षक रक्षा गरे । मंगलबार भएको खेलमा बिबेश चौधरी म्यान अफ दी म्याच घोषित भए ।
भाद्र १३ गते, बुधबार (अन्तिम क्वाटरफाइनल)
एम्ब्रोज क्लब, मोरङ र डिफेण्डिङ च्याम्पियन चर्चब्वाइज युनाईटेड क्लब, काठमाण्डौंबीच खेलको स्कोर ३–२ रह्यो । खेलकोे १० औँमिनेटमा एम्ब्रोज क्लबमोरङ १–० ले अगाडि बढेको थियो । ४२ आँ मिनेटमा चर्च ब्वाइज क्लबले कर्नर प्रहारलाई गोलमा परिणत गरेपछि खेल पहिलो हाफमा १–१ को बराबरीमा सकिएको थियो ।
६५ औं मिनेटमा एम्ब्रोज क्लबले पुन १ गोलग¥यो, ७५ औं मिनेटमा चर्चब्वाइज क्लबले १ गोलग¥यो । इन्जुरी समयमा चर्च ब्वाइजको प्रहारलाई एम्ब्रोजका गोलकिपरले रोक्न नसकेपछि खेल ३–२ गोल अन्तरले चर्चब्वाइज क्लब, काठमाण्डौं बिजयी भएको थियो । बुधबारको म्यान अफ द म्याच चर्चब्वाइजका दिपेश श्रेष्ठ भए ।
भाद्र १४ गते, बिहिबार (पहिलो सेमीफाइनल)
बिहिबार राष्ट्रिय जागृति क्लब सुनसरी र रेडस्टार क्लब, झापाबीचको खेल ४–३ गोलको स्कोर भएको थियो । उक्त खेलमा म्यान अफ दी म्याच रेडस्टार क्लब, झापाका जर्सी नम्बर ५ का गणेश हेम्ब्रन भए ।
भाद्र १५, गते शुक्रबार (दोश्रो सेमीफाइनल)
न्युस्टार क्लब, झापा र डिफेन्डिङ च्याम्पियन चर्चब्वाइज क्लब काठमाडौबीचको खेलमा २–१ गोलले रेडस्टार क्लब, झापाले जित निकाल्यो । शुक्रबार भएको सेमीफाईनल खेलमा म्यान अफ दी म्याच न्युस्टार क्लब, झापाका खेलाडि जर्सी नम्बर ६ का बिशाल दर्जी भए ।
भाद्र १६ शनिबार (फाईनल)
पाथीभरा गोल्डकप तेश्रो संस्करणको फाईनल खेलमा म्यान अफ द टुर्नामेन्ट रेडस्टार क्लब, झापाका बिबेक पौडेल भए । पौडेलले १५ हजार प्राप्त गरे । म्यानअफ द म्याच रेडस्टार क्लब, झापाका जर्सी नम्बर २५ का पदम लामा भए । सबै म्यान अफ दी म्याच खेलाडिलाई पुरस्कार प्रायोजक पाथीभरा मोटरसाईकल वर्कशप तथा बजाज सोरुमका प्रबन्ध निर्देशक सञ्जय पताङ्वाले ५ हजार रुपैयाँका दरले परस्कार प्रदान गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ