भैरव जात्रा आजबाट सम्पन्न

भैरव जात्रा आजबाट सम्पन्न

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

भक्तपुर, १६ भदौ।

मध्यपुरथिमिमा विगत चारदिनदेखि नियमित रुपमा सञ्चालित मल्लकालीन लाय्कु भैल: अर्थात भैरव जात्रा आजबाट सम्पन्न भएको छ ।

गतवर्ष लायकु दरबारबाट प्रर्दशन गरिएको यो नाच यस वर्ष भने लायकु भैलका नायो पमाः श्यामकाजी श्रेष्ठको स्वीकृतिमा मध्यपुरथिमि ५ नासननी टोलका प्रजापतिहरुले सञ्चालन गरेका हुन् । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच भाद्र कृष्ण द्धितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म मनाइने गरिएको लायकु भैल गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

भैरव दुई, दाय्गी अर्थात कुमारी दुई, र ज्यापूँगचा एक गरी ५ जना देवगण रहने यो नाच तान्त्रिक विधि पूरा गरेर दैवी शक्ति प्राप्त गरी सञ्चालन हुने नाचका मूल गुरु श्रीगोपाल प्रजापतिले जानकारी दिनुभयो ।

जसमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगचाले ज्यापूँग अर्थात कपासको बियाँ, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ ।
नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुरताल दिने व्यवस्थापक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा हरेको उहाँले बताउनुभयो । प्राचीनकालमा मध्यपुर थिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख दिएपछि तान्त्रिकमार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किम्बदन्ती रहेको स्थानीय भैरव नाच व्यवस्थापन समितिका सचिव विकास प्रजापतिले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ