भदौ १६, दार्चुला ।
दार्चुला जिल्लाको सधै विद्रोही मानिने गाउँ नौगाड गाँउपालिकाको साङपाङमा पूर्व माओवादी केन्द्रको सिंगै गाउँ कमिटी नै नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।
पछिल्लो समय माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पूर्वमाओवादी केन्द्रको गाउँ विकास समितिको पूरै कमिटी नेकपामा समाहित भएको नेकपा दार्चुला जिल्ला ईञ्चार्ज रमेश नेपालीले बताएका छन् ।
स्थानीय चुनावमा माओवादी केन्द्रलाई समर्थन गरेको गाउँ साङपाङले प्रतिनिधि सभाको चुनावमा पनि माओवादी केन्द्र र एमालेका साझा उम्मेदवारलाई मतदान गरेको थियो तर पार्टी एकतापछि प्रचण्डले पार्टी एमालेमा विलय गराएको भन्दै निराश भएका क्रान्तिकारी जनता फेरी नेकपाले अभियान थालेपछि उत्साहित भएर नेकपामा आबद्ध भएका हुन् ।
पार्टी प्रबेश गर्ने हरुमा राम सिंह ठगुन्ना, हरकसिंह ठगुन्ना, ललितसिंह बडाल, बहादुर ठगुन्ना, कम्मान ठगुन्ना, रमेश ठगुन्ना, किशनसिंह ठगुन्ना, काँसी ठगुन्ना, हरक ठगुन्ना, भक्त ठगुन्ना, नरसिंह ठगुन्ना र शंकरसिंह ठगुन्ना रहेका छन् । यस्तै पदम ठगुन्ना, गजेन्द्र ठगुन्ना, प्रेमसिंह, प्रकाश ठगुन्ना, मनजित ठगुन्ना, दुरा बडाल, पुनी ठगुन्ना, दुर्पती ठगुन्ना, शान्ति ठगुन्ना, हर्कामती ठगुन्ना, चाँखुरी ठगुन्ना, ऐती बडाल, लिलामती बडाल, बिस्मा ठगुन्ना, जगतसिंह ठगुन्ना, अजय बडाल, प्रेम बडाल, कट्मा ठगुन्ना, श्यामसिंह ठगुन्ना, खडक ठगुन्ना, विस्ना ठगुन्ना र निर्मला ठगुन्ना रहेका छन ।
सङसली ठगुन्ना, झुमकुरी ठगुन्न, अमरा ठगुन्ना, भैरब ठगुन्ना, जगत सिंह ठगुन्ना, मञ्जु ठगुन्ना, कलावती ठगुन्ना, नरेन्द्रसिंह ठगुन्ना, शेरसिंह ठगुन्ना, लगायत ५० जना बढी पूर्व माओवादी केन्द्रका कार्यकर्ता नेकपामा प्रबेश भएका हुन् ।नवप्रबेशीहरुलाई जिल्ला ईञ्चार्ज रमेश नेपालीले स्वागत गरेका थिए ।
पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका पूर्व गाबिस अध्यक्ष रामसिंह ठगुन्नाले नेतृत्वले पार्टी एमालेमा विलय गराएको भन्दै आक्रोश पोखेका थिए ।
जनयुद्धकालमा जिल्ला ईञ्चार्ज उत्पादन गरेको यो गाँउ जहिले पनि राज्यको विरुद्धमा उभिने गरेको छ । जनयुद्धकालमा नेपाली सेनाले बिभत्स तरिकाले हत्या गरेका तात्कालीन जिल्ला ईञ्चार्ज विवेक ठगुन्नाको गाउँ हो ।-जनमुक्तिखबरबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
