काठमाण्डौ, १६ भदौ ।
एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले पहिलो जित हात पारेको छ । लगातार २ खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा मलेसियालाई १९ रनले हराएको हो ।
नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्राएको मलेसियाले निर्धा्रित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो ।
मलेसियाका अन्वार अर्दिन र सहेद अजिजले समान ३४ रन जोडे । अमेद फैजले २२ तथा भिरनदिप सिंहले २१ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले ३ विकेट तथा सोमपाल कामी र सन्दिप लामिछानेले २÷२ विकेट लिए । दिपेन्द्र सिंह ऐरि र सागर पुनले समान एकरएक विकेट लिए ।
यसअघि क्वालालाम्पुरस्थित बायोमास ओभल मैदानमा वर्षाका कारण खेल ३० ओभरमा छोट्याएको थियो । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपालले निर्धा्रित ३० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।
नेपालको ब्याटिङको माथिल्लो क्रम आज पनि चल्न सकेन । नेपालका दिपेन्द्र सिंह ऐरीले ५४ रन जोड्दा आरिफ शेख ६४ रनमा नटआउट रहे ।
अनिल कुमार शाह १६, पारस खड्का १३, ज्ञानेन्द्र मल्ल ११ रन बनाउँदै पभेलियन फर्किए । सोमपाल कामी र सागर पुन गोल्डेन डक आउट भए ।
मलेसियाका लागि स्याजरुल ईड्रस र सर्भिन मुनिएन्डीले ३÷३ विकेट लिए । मोहम्मद अन्वारले १ विकेट लिए ।
चौंथो खेलमा नेपालले भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । छनोट अन्तर्गत आजै भएको अर्को खेलमा ओमानले सिंगापुरलाई ८ विकेट तथा हङकङले यूएईलाई १ सय ८२ रनले हराएको छ ।
समूह चरणका ३ खेलमा २ मा हार र १ मा जित निकालेको नेपाल अंक तालिकको पाँचौँ स्थानमा छ । समान खेलबाट शतप्रतिशत नतिजा निकालेको ओमान ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।