नदीले जग्गा बगाउन थालेपछि …

नदीले जग्गा बगाउन थालेपछि …

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

कञ्चनपुर, १६ भदौ।

शुक्लाफाँटा नगरपालिका–११ को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् ।

उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झरेको पानीले समेत जग्गा कटान गर्न थालेको गुनासो गर्दै स्थानीयवासी मानध्वज लुहारले भन्नुभयो, “पहाडी क्षेत्रमा केही नहुँदा तराई झरेका थियौँ अहिले बस्दै आएको जग्गासमेत बाढीले कटान गरी बगाउन थालेपछि कुन ठाउँमा जाने भन्ने चिन्ता बढ्न थालेको छ ।”

नदीले धमाधम जग्गा कटान गरी बगाउन थालेपछि जीउ जोगाउनका लागि सुरक्षित स्थानको खोजीमा लाग्नुपरेको पीडित कलावती लुहारले बताउनुभयो । तीन परिवार बस्दै आएको झोपडी नदीले बगाउने अवस्थामा पु¥याएकाले उनीहरु छिमेकीको झोपडीमा सरेका छन् ।

नदीमा बाढी आए झोपडी बगाउने डरले बस्दै आएको ठाउँ छाडेर वर्षाको पानीमा भिज्दै बालबालिकासहित अनिँदोमै सडकमै रात बिताउनु पर्ने अवस्था रहेको अर्का पीडित माघी रावतले उल्लेख गर्नुभयो ।

डेढ दशक अघिदेखि अस्थायी रुपमा श्रीकृष्ण सामुदायिक वन छेउ १२ परिवार सुकुम्वासी बस्दै आएका छन् । नदीले जग्गा बगाउन थालेपछि सुरक्षित स्थानमा सारीदिन माग गर्दै वडा र नगरपालिका कार्यालयमा निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ