मुस्ताङमा मुुखिया प्रथा अझै कायमै, प्रहरीले दियो नयाँ मुलुकी ऐनबारे मुखियालाई प्रशिक्षण

मुस्ताङमा मुुखिया प्रथा अझै कायमै, प्रहरीले दियो नयाँ मुलुकी ऐनबारे मुखियालाई प्रशिक्षण

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

मुस्ताङ, भदौ १६ । हिमालपारीको जिल्ला मुस्ताङमा शदियौंदेखि चलिआएको मुुखिया प्रथा अझै कायमै रहेको छ ।

सोहि कारण स्थानीय प्रशासनले अहिले नयाँ मुलुकी ऐनबारे गाउँका मुखियालाई जानकारी दिने उदेश्यले अभियान नै सुरु गरेको छ ।

सोहि अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मुस्ताङले भदौ १ गतेदेखि लागु भएको परिवर्तित नयाँ मुलुकी ऐन २०७५ बारे तीन स्थानीय तहका गाउँका मुखियालाई सचेतनामुलक अन्तरक्रिया गरेको छ ।

प्रहरी प्रशासन र गाउँ मुखियाहरुबीच विद्यमान मुखिया प्रथाको कार्यसञ्चालन तथा परिवर्तित मुलुकी ऐनबारे धारण बुझ्ने तथा कानुन कार्यान्वयनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने उद्देश्यले प्रहरीले कार्यक्रम गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

अन्तरक्रियामा तीनवटै स्थानीय तहका गाउँमुखियाहरुले मुखिया प्रथाको भूमिका र यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारेमा प्रहरीलाई जानकारी गराएका थिए । उनीहरुले मुखिया प्रथाले सामाजिक विकास तथा विकृति विसंगति रोक्न भूमिका खेल्दै आएको धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मुखियाप्रथाले सामाजिक विकास तथा सांस्कृतिक पहिचान बोकेको भन्दै समाजलाई अस्थिर र हानी गर्ने अपराधका घटनामा कानुनी उपचारका लागि प्रहरी र प्रशासनलाई सघाउन आवश्यक भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ