वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु हुन सकेन

वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल सुरु हुन सकेन

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, भदौ १६ ।
एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत आज बिहान हुन लागेको नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन ।

प्रतियोगितामा नेपालले तेस्रो खेल आयोजक मलेशियासँग खेल्न लागेको हो । दुई खेलमा पराजय भोगेको नेपाल अहिलेसम्म अंकविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा युएइसँग ७८ रनले पराजित भएको थियो ।

हङकङलाई तीन विकेटले हराएको मलेसियाले भने दुई अंक जोडेको छ ।

६ राष्ट्र सहभागी प्रतियोगितामा युएई चार अंकसहित शीर्षस्थानमा छ । युएईले सिङ्गापुर र नेपाललाई पराजित गरेको थियो । ओमन रनरेटका आधारमा दोस्रो स्थानमा छ । एक÷एक खेलमा विजयी हङकङ र मलेशिया दुईरदुई अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

अंकविहीन नेपाल पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा छ । छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ