पर्यटकका लागि आकर्षक गन्तब्य टोड्के झर्ना ओझेलमा

पर्यटकका लागि आकर्षक गन्तब्य टोड्के झर्ना ओझेलमा

  • शनिबार, भदौ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 30.8K
    SHARES

इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा ओझेलमा परेको हो ।

नेपालको पहिलो अग्लो तेह्रथुमको ह्यातुङ झर्नापछि २ सय ८० फिट अग्लो दोस्रो झर्ना भनेर चिनिए पनि त्यहाँसम्म पुग्न मोटरबाटो निर्माण नहुँदा पर्यटक पैदल यात्रा गर्न बाध्य छन् । त्यहाँ पुग्ने पर्यटकलाई खान बस्न पनि कुनै होटल र लज सुबिधा नभएको स्थानीय बीबीसी हाम्खिमले बताए ।

झर्नाको तलतिर ३० मिटरको टेक्ड्याम बनाउने र ट्रस्टको सानो पुल बनाउने योजना गाउँपालिकाको भए पनि काम भएको छैन । टोडके झर्ना इलाम सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुगिन्छ ।

इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिकाबाट २५ किलोमिटर उत्तरमा अवस्थित आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको टोड्के झरना  सम्म पुग्न केहीबेर पैदल हिड्नु पर्ने हुन्छ । यो झरना हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वढ्दै गएको छ ।
धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट हरेकवर्ष ठूलो सङ्ख्यामा मानिसहरू टोड्के झरना हेर्न पुग्ने गरेका छन् । समुद्र सतहबाट १,६०० मिटरको उचाईमा अवस्थित यो झरना ८५ मिटर अग्लो छ ।

माईखोला भन्दा करिब ४० मिटर पश्चिममा अवस्थित यो झरना इलाम जिल्लाकै अग्लो झरना हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी