ललितपुर, १५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य बि. क. लाई पितृ शोक परेको छ । नेकपा उपत्यका ब्युरो सदस्य सूर्यका बुबा सानुभाई बिकको आज ६५ बर्षको उमेरमा निधन भएको हो ।
बिहानको खाना खाएर सबै जना काममा बाहिर निस्कीएको अवस्थामा आज साझ फर्कदा उहाँलाई मृत अवस्थामा फेला पारिएको पारिवारीक श्रोतले जनाएको छ ।
बुहारी प्रतिमाले मिर्मिरे अनलाईनलाई दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालीको ईमाडोलमा रहेको घरमा उहाँलाई साझ करिब ६ बजेतीर मृत अवस्थामा भेटिएको हो ।
घरमा कोहि नभएको र उहाँलाई साझ परिवारका सदस्य घर फर्कदा ओछ्यानमा नै मृत अवस्थामा भेटिएको उहाँले बताउनु भयो । मृतक सानभाई बि.क.लाई कुनै प्रकारको रोग या समस्या नरहेको पनि परिवारले जनाएको छ ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline