आज पनि केहि समय बजेदेखि विमानस्थलमा उडान र अवतरण प्रभावित हुने

आज पनि केहि समय बजेदेखि विमानस्थलमा उडान र अवतरण प्रभावित हुने

  • शुक्रबार, भदौ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, भदौ १५ ।
बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका चार राष्ट्रका अति विशिष्ट पाहुनाहरुमध्ये ४ जना आजै स्वदेश फर्कदै हुनुहुन्छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा आज नै स्वदेश फर्केन तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशिष्ट पाहुना फर्किने बेला सडक र हवाईमार्ग समेत केहीबेर प्रभावित हुने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अति विशिष्ट व्यक्तिहरु फर्किने बेला आधा घण्टा विमानस्थलमा उडान अवरतण प्रभावित हुनेछ ।

दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तालिका छ । यस्तै दिउँसो ४ बजे थाइल्याण्डका प्रधानमन्त्री प्रयुत व चा र साढे चार बजे म्यानमारका राष्ट्रपति विन मिन्ट तथा बेलुकी ६ बजे भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी स्वदेश फकिनु हुनेछ ।

यस्तै, भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने आज लुम्बिनी गएर भोलि फर्कने क्रार्यक्रम छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना पर्सि आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ