काठमाडौं, भदौ १५ ।
गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विसं १९८२ साल असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उहाँकै निवासमा राखिने छ ।
त्यसपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत सदाबहार छन् ।
उहाँ नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुनुहुन्थ्यो । उहाँले ‘आमा’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘सन्तान’, ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline