काठमाडौं, भदौ १५ ।
काठमाडौं उपत्यकामा आज बिजोर नम्बरका सवारी साधन मात्रै सञ्चालन भइरहेका छन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलनलाई मध्यनजर गर्दै सरकारले गत बुधबारदेखि लागू गरेको जोर बिजोर प्रणाली अनुसार आज बिजोर नम्बरका गाडी मात्र सञ्चालन भएका हुन् ।
अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिमस्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधन बाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू भएको छ ।
आज राति १० बजेदेखि भने सबै सवारीसाधन निर्वाधरुपमा सञ्चालन हुन पाउने ट्राफिक प्रहरीले जनाएको छ । यस्तै उपत्यकाका निजी तथा सरकारी सम्पूर्ण शैक्षिक संस्थाहरु आज पनि बन्द रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline