राष्ट्राध्यक्ष-सरकार प्रमुखको सम्मानमा रात्रिभोज

राष्ट्राध्यक्ष-सरकार प्रमुखको सम्मानमा रात्रिभोज

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 23.9K
    SHARES

काठमाडौँ, १४ भदौ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी हुनुहुन्थ्यो । बिम्स्टेकका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराउनुभएको थियो ।

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती अर्यालले विशिष्ट अतिथिको स्वागत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ