ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल गिरफ्तार

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल गिरफ्तार

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

१४ भदौ, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउने योजना बनाएको भन्दै ग्रेटर नेपाल अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाललाई सादा पोशाकमा आएका प्रहरीले बिहीबार बिहान निवासबाटै गिरफ्तार गरेको हो । ‘अध्यक्ष नेपाललाई बिहीबार बिहानै चावहिल घरैबाट सादा पोशाक आएको सात जनाको टोलीले गिरफ्तार गरी लगेको हो’ गे्रटर नेपालका महासचिव रामचन्द्र खडकाले भने । महासचिव खडकाले गिरफ्तार हर्कतको निन्दा गरे । साथै तुरुन्त रिहा गर्न सरकारसँग माग गरेका छन् ।

आज मोदी आउने समयमा विमानस्थल बाहिरको सडकमा कालो झण्डा देखाउने तयारी गरेको सूचना प्राप्त भएको भन्दै गिरफ्तार गरी हिरासतमा राखिएको जनाइएको छ ।

ग्रेटर नेपालले सुगौली सन्धि अघिका सबै भू–भाग भारतले फिर्ता गर्नुपर्ने माग राख्दै निरन्तर संघर्ष गर्दै आइरहेको छ । यसअघि मोदी नेपाल भ्रमणमा आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डासहित विरोध प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनका क्रममा ग्रेटर नेपालका महासचिव रामचन्द्र खडकासहितलाई एयरपोर्टबाटै गिरफ्तार गरी पछि रिहा गरिएको थियो ।

यस अघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर र मुक्तिनाथको धार्मिक भ्रमणमा आउँदा पनि दाहाललाई प्रहरीले पक्राउ गरेर तीन दिन हिरासतमा राखेपछि रिहा गरेको थियो । उनलाई यो पटक पनि विमस्टेक सम्मेलन अवधिभर थुनामै राख्ने जानकारी प्रहरी स्रोतले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ