एसियाडमा आज नेपालका तीन जना जुडो खेलाडीले प्रतिस्पर्धा गर्दै

एसियाडमा आज नेपालका तीन जना जुडो खेलाडीले प्रतिस्पर्धा गर्दै

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ, भदौ १४ ।
एसियाली खेलकुदको १३ औं दिन आज नेपालका तीन जना जुडो खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीले आज महिला ६३ केजी मुनिको तौल समुहका खेल्दैछिन् ।

फुपुले ईन्डोनेसियाकी अर्डेलीया युली फ्रादिभ्तासँग राउण्ड अफ सिक्सटिनमा भिड्न लागेकी हुन् । फुपु ल्हामु खत्री दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता खेलाडी हुन् ।

जुडोकै महिला ५७ केजी मुनीको तौल समुहमा नेपालकी मनिता श्रेष्ठ प्रधानले अन्तिम ३२ चरणको खेलमा भियतनामकी थि बिच गुएनसँग खेल्नेछिन् ।

यसैगरी पुरुष ७३ केजी मुनीको तौल समूहको अन्तिम ३२ चरणको खेलमा नेपालका संजित डंगोलले साउदी अरबियाका सुलेमान फहाद हमानसँग खेल्नेछन् ।

यसअघि हिजो भएका खेलहरुमा जुडोका दुई खेलाडी ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो खेलमै पराजित हुँदै पदकको होडबाट बाहिरिसकेका छन् ।

ईन्डोनेसियामा जारी एसियन गेम्सको जुडोतर्फ नेपालका ८ खेलाडी सहभागि छन् । आजै एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले महिला १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने्छिन् ।

यो खेल पछि एथ्लेटिक्सतर्फ पनि नेपालका खेलहरु सकिनेछ । आज सेपाकताक्रो, भलिबल र स्क्वासका खेल पनि हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ