काठमाडौ, भदौ १४ ।
आज र भोलि काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यका भित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदा दिएको छ । सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्ण रुपमा बन्द हुनेछन् ।
गृह मन्त्रालयमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले आज र भोली बिदा दिने निर्णय गरेको हो । त्यस्तै हिजो देखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालनमा छन्। आज जोर नम्बर प्लेट भएका सवारी मात्र सञ्चालन गर्न पाइने छ ।
राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन । अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुनेछैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline