एसिया कप छनोट :नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

एसिया कप छनोट :नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

  • बिहिबार, भदौ १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, भदौ १४ ।
एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । पहिलो खेलमा ओमानसँग पराजित नेपाललाई दोस्रो खेल जित्नैपर्ने अवस्था छ ।

नेपाल र यूएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा हुँदैछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।

हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ ।

युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो । २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएकोमा १० पटक नेपाल पराजित भएको छ । ३ खेलमा विजयी हुँदा एक खेल बराबर भएको थियो ।

सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र युएई पहिलो पटक खेलेका हुन, जहाँ नेपालले ९४ रनको पराजय ब्यहोरेको थियो । युएईसँगको सातौं भेटमा मात्र नेपालले जित निकाल्न सकेको थियो ।

सन् २०१२ को एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले यूएईलाई ४ विकेटले हराएको थियो भने फाइनल खेल रोमाञ्चक बराबरीमा सकिएको थियो । नेपाल र युएई पछिल्लो पटक सन् २०१८ को डिभिजन टू मा खेलेका थिए ।

जहाँ समूह चरणमा नेपालले ४ विकेटको जित निकालेको थियो भने फाइनलमा ७ रनले पराजित भएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियसिपको दुवै खेलमा नेपाल पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ