नेपालद्धारा ओमानसामू २२२ रनको चुनौति प्रस्तुत

नेपालद्धारा ओमानसामू २२२ रनको चुनौति प्रस्तुत

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं, भदौ १३ ।
एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरमा आज बिहान सुरु भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको हो ।

८० रनको स्कोरमा चार विकेट गुमाइसकेको अवस्थामा नेपालका लागि सागर पुन र आरिफ शेखले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ र्डोयाएका थिए । सागरले ८३ रन बनाउँदा आरिफले ३६ रन बनाए ।

प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल ४ रनको व्यक्तिगत स्कोरमा रनआउट भए पनि अर्का प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । कप्तान पारश खड्का ८ रन बनाउँदै बाहिरिए भने दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।

ओमनका लागि कलीमुल्लाहले कसिलो बलिङ गर्दै नेपाली ब्याट्सम्यानलाई रन बनाउनबाट रोकेका थिए । १० ओभर बलिङ गरेका उनले विकेटमा सफलता हात नपारे पनि २.९० को औसतमा मात्र २९ रन दिए ।

ओमनका बलर अजय लालचिता, मोहम्मद नदिम र विलाल खानले दुई÷दुई विकेट लिए । नेपालले तीन विकेट रनआउटमा गुमाएको हो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ