कञ्चनपुर घटनाका पीडितसँग विप्लव अगाडि

कञ्चनपुर घटनाका पीडितसँग विप्लव अगाडि

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 77.6K
    SHARES

१३ भदौ, काठमाडौं ।

कञ्चनपुरको बलात्कार र हत्या गरिएको घटनाका पीडितलाई न्यायिक आवाज उठाउन र क्षतिपूर्ति दिलाउने विषयमा पहल लिन नेपाल कम्युनिस्ट पार्टी अग्रभागमा देखिएको छ । यो जघन्य अपराधका दोषीलाई पत्ता लगाई कडा कारवाही गर्न अन्यथा, जनताले कारवाही अगाडि बढाउने जानकारी समेत नेकपा स्थानीय संगठनले दिँदै आएको छ ।

उसले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाही गर्नुपर्ने माग जोडदार राख्दै अाएको छ । महिला हिंसा, अपहरण र हत्या रोक्न सरकार असफल भएको बताएको छ ।

साउन १० मा बलात्कारपछि हत्या गरिएका १३ भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । २४ दिन बितिसक्दा पनि सरकारले हत्याराको को हुन् ? भन्ने पत्ता लगाउन सकेको छैन । घरि के घरि के तर्क र धारणा अघि सारिराखेको अवस्था छ ।

घटनाताका जिल्ला प्रमुख अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख ए(एसपी)लाई हटाएको हप्ता दिन बढी भएपनि घटनाबारे यथार्थ विवरण बाहिर ल्याउन सरकार अझै असफल नै छ । बरु सरकारमाथि घटनालाई सामसुम पार्न राजनीतिक शक्ति र रफाव बढ्दो मात्रा छ ।

घटनाका दोषी सत्तासिन मान्छे वा उच्च प्रशासक निकट रहेको र ‘दोषी’ भनेर कालो हत्कडीसहित पट्टी लगाएर सार्वजनिक गरिएका पात्र घटनाको वास्तविक दोषीलाई उन्मुक्ति दिन सरकारी अधिकारीहरुबाटै रचेको ‘प्रपञ्च’को संज्ञा स्थानीय र पीडित परिवारले लगाउन छाडेका छैनन् । यो आरोपको खण्डन गर्न पनि सरकार खुट्टा लर्बर्राइरहेको छ । बरु ‘दोषी’ भनिएका स्थानीय दिलिप सिंह विष्टलाई मानसिक अवस्था परिक्षण गर्न काठमाडौं झिकाइयो ।

घटनाको प्रकृति र गम्भीरताबारे बुझेरै स्थानीयले दैनिक रुपमा आन्दोलनसहित खबरदारी गरिरहेकै बेला घटनाको २९औं दिन भदौ ८ गते शुक्रबार स्थानीय १४ वर्षीय बालक सनी खुनाको प्रहरीले गोली हानी निर्मम हत्या गरे । घटनाबाट झनै उग्र बन्यो । राजनीति तहबाटै सरकारी दमन र हत्याको विरोध गरे ।

सोही क्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भदौ ९ गते बिहान एक प्रेस विज्ञप्ति जारी गरेर निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिइरहेका न्यायिक र शान्तिपूर्ण आन्दोलनकारी सनी खुनालाई गोली हानी हत्या गरिएका सनी खुनालाई सहिद घोषणा गर्न र गोली हान्ने प्रहरी र आदेश दिनेलाई तत्काल नियन्त्रणमा लिई कारवाही गर्न जोडदार माग गरे । साथै पीडितलाई तत्काल क्षतिपूर्ति उप्लध गराउन, घाइतेहरुको निशुल्क उपचार गर्न र दोषी पत्ता लगाई कडा सजायँको भागीदार बनाउन माग गर्यो । राजनीतिक पार्टीको तर्फबाट औपचारिक डकुमेन्टमार्फत अपिल गर्ने नेकपाले पहिलो गर्यो ।

त्यसपछि न्यायको आवाज झनै बुलन्द बन्यो । यसबाट सरकार थप संकटमा पर्यो । राजनीतिक पार्टीबाट सहिद घोषणा गर्न मागसहित विज्ञप्ति निकालेको नेकपा नै पहिलो पार्टी बन्यो । पीडितलाई क्षतिपूर्ति र दोषी सरकारी पक्षलाई कारवाही गर्न गर्ने पार्टी पनि नेकपा नै पहिलो रह्यो । जसले गर्दा नेकपा जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी भएको महसुस पीडित र स्थानीयले गरे । अन्यायका विरुद्ध र पीडितको पक्षमा बोल्ने र साथ दिने पार्टी पनि छन् भन्ने अनुभूति आफूहरुलाई भएको पीडित पक्षले बतायो । सरकारी पक्षबाटै घटनालाई दबाउन र दोषीलाई उम्काउन भरपुर प्रयास अहिले पनि भइरहेको पीडित पक्षको भनाई अझै उत्तिकै बलियो छ ।

महासचिव विप्लवले विज्ञप्ति जारी गरेको निकैबेर पछि मात्र सत्ताधारी नेकपाको सचिवालयको आकास्मिक बैठक ९ गते शनिबार बेलुका बस्यो । बैठकपछि कञ्चनपुर घटनाका दोषी पत्ता लगाउन सरकारलाई ‘भन्ने’ निचोड निकाल्यो । राजनीतिक पार्टीको तहगत हिसाबले विज्ञप्ति कडा दबाबको अस्त्रसिद्ध बन्न पुग्यो ।

सोही दिन साँझ प्रदेश ७ को सरकारले पनि पन्त र खुना परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गर्यो । केन्द्रको सरकारले सो दिन साँझ अबेर मन्त्रिपरिषद् बसेर सनी खुनलाई सहिद घोषणा गर्ने र दुइटै पीडित परिवारलाई १०/१० लाख ‘क्षतिपूर्ति’ दिने निर्णय सार्वजनिक गर्यो । भोलिपल्ट आइतबार प्रदेश नम्बर ७ का प्रदेश सांसद तारा लामा र भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले सहिद खुनाको पार्थीव शरीरमाथि राष्ट्रिय झण्डा ओढाई सलामीसहित अन्त्येष्टी गरे । खुना मुक्त कमैया परिवारका सदस्य हुन् ।

घटनाका पीडित पक्षलाई राज्य स्तरबाट सान्त्वना दिने औपचारिक निर्णयहरु भएपनि घटनाको दोषी पत्ता लगाउन भने सरकार अझै असफल नै देखिएको छ । दोषी पत्ता नलागेसम्म क्षतिपूर्ति आफ्नो लागि केही पनि नभएको मृतक निर्मलाकी बाबुको भनाई छ । छोरालाई सहिद गर्नुपर्ने खुनाकी आमा मञ्जु खुनाको माग पुरा भएको छ । छोरा सनीको हत्यारा प्रहरी र हत्या गर्न आदेश दिनेलाई सार्वजनिक गरेर कारवाही गर्नुपर्ने उनको माग भने अझै बेवास्तामै छन् ।

आफ्नो स्थापनाकालदेखि नै देश र जनताको पक्षमा आवाज उठाउने र आवश्यक परे जस्तोसुकै तहको आन्दोलन गर्ने बताउँदै आइरहेको नेकपाको प्रतिवद्धता यसपटक कञ्चनपुर घटनाबाट थप पुष्टि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी