सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यानमा घरको दलिन भाँचिदा एकै परिवारका ५ जनाको मृत्यु

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

सल्यान, भदौ १३ ।
सल्यानमा घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँस स्थित आफ्नै घरमा सुतेका एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

गएराति घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा एकै परिवारका ६ जना मध्ये बुवा आमासहित २ छोरी र १ छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा परिवारसँगै सुतेकी रामसिंहकै अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ