उपत्यकामा आज विजोर सवारी मात्र सञ्चालनमा

उपत्यकामा आज विजोर सवारी मात्र सञ्चालनमा

  • बुधबार, भदौ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, भदौ १३ ।
विम्स्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू भएको छ ।

चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू भएको छ ।

आज, भोलि र पर्सि उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गर्ने भएको हो ।

नियम अनुसार आज विजोर सवारी साधन मात्र चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने छ ।

भोलि जोर नम्बर भएका सवारी साधनमात्र चल्ने छन्। अत्यावश्य र प्रेस प्रतिनिधिलाई भने यो नियम लागू हुनेछैन । उपत्यकाभित्र मात्र १३ लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको प्रहरीको तथ्याङक छ ।

यो नियम लागू भएपछि सडकमा आधा सवारी साधनको संख्या घट्ने छ । नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लिइने एसपी लम्सालले बताउनु भयो ।

राति १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुन पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ