काठमाडौं, भदौ १३ ।
उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बन्द हुने भएका छन् । सरकारले बिम्स्टेकको शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयको सिफारिसका आधारमा गृह मन्त्रालयले १४ र १५ भदौमा उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना विभागको कार्ड भएका सञ्चारमाध्यमका सवारीसाधन र बिम्स्टेक सम्मेलनको कार्ड भएका तथा निमन्त्रणा गरिएका सवारीसाधनलाई भने जोर–बिजोर प्रणाली लागू नगर्ने निर्णयसमेत गरेको छ ।
बेलुका १० देखि बिहान ६ बजेसम्म भने सबै सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुन पाउने गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।