१२ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले देशैभर प्रधानमन्त्री खडगप्रसाद ओलीको पुत्ला जलाएको छ । देशमा भ्रष्टचार र महंगी चरम सीमामा पुगेको र यसले उपभोक्ता चर्को मारमा परेको भन्दै तत्काल नियन्त्रण गर्न माग गर्दै मंगलबार साँझ पुत्ला जलाइएको हो ।
त्यस्तै महंगी, भ्रष्टचार, तस्करी, बिचौलिया तथा राष्ट्रघाती सम्झौता रोक्न संघर्षरत नेकपाका नेता कार्यकर्तामाथि दमन, गिरफ्तार र झुठा मुद्दामा दर्जनौंलाई फसाउने ओली सरकारको रवैयाविरुद्ध संघर्षस्वरुपत प्रम ओलीको पुत्ला दशन गरेको नेकपाले जनाएको छ ।
पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित दर्जन केन्द्रीय नेताहरुमाथि झुठा मुद्दा लगाई जेलमा राख्ने षडयन्त्र देशी तथा विदेशी शक्तिहरुको षडयन्त्रमा ओली सरकारले जारी राखेको भन्दै त्यसलाई तुरुन्त रोक्न समेत पुत्ला दहनपछि आयोजित कोण सभामा नेताहरुले धारणा राखे ।
दाङ, स्याङ्जा, कास्की, रुपन्देही, चितवन लगायत जिल्लाहरुमा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको नेकपाले जनाएको छ । सदरमुकाम, बजार क्षेत्र, राजमार्गहरुमा पुत्ला जलाइएको हाे । माग पूरा नभए कडा अान्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी नेकपाले दिएको छ ।