काठमाडौं, भदौ १२ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि भोली देखि काठमाडौं उपत्यकामा गाडी र मोटरसाइकल जोर बिजोर अंकका आधारमा मात्र चल्न पाउने भएका छन् ।
भोलीदेखि र आगामी शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसअनुसार भोली र शुक्रवार विजोर तथा बिहीवार जोर सवारी साधन चल्नेछन् ।
अन्तिमका २ अंकका आधारमा जोर र विजोर गणना हुनेछ । बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline