पाथीभरा गोल्डकपको तेश्रो खेलमा रेडस्टार क्लब सेमीफाइनल प्रबेश

पाथीभरा गोल्डकपको तेश्रो खेलमा रेडस्टार क्लब सेमीफाइनल प्रबेश

  • आइतवार, भदौ १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

१० भाद्र, ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङमा जारी तेश्रो पाथीभरा गोल्डकपको तेश्रो खेलमा रेडस्टार क्लब, बिर्तामोड, झापा २–१ गोलअन्तरले बिजयी भएको छ । बिजयी भएसँगै रेडस्टार क्लब, झापा सेमीफाइनलमा प्रबेश गरेको छ ।
आइतबार दिउँसो २ बजेपछि भएको खेलमा रेडस्टार क्लब, बिर्तामोड, झापा र रेडहर्ष क्लब, इलामबीच भएको खेलमा झापा बिजयी भएको हो । झापाका लागि बिदेशी खेलाडि मार्टिन्सले ५६ औँ  र महिरीले ६० औँ मिनेटमा झापाका लागि गोल गरे । खेलको ९० औँ मिनेटमा रेडहर्ष क्लब, इलामका संजय धमलाले सान्त्वना गोल गरे ।
रेडहर्ष क्लब, इलामका संजय धमलाले भाद्र ८ गते भएको उद्घाटन खेलमा कञ्चनजंघा फुङलिङ क्लब, ताप्लेजुङलाई हराउन १ गोलको मद्यत गरेका थिए । रेड स्टार क्लब बिर्तामोड झापाका बिबेक पौडेल आईतबारको खेलमा म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्रप्त गरे ।
चौथो खेल, न्यू स्टार क्लब, बिर्तामोड झापा र  कर्णसिंह सोनाम एफसी ताप्लेजुङबीच सोमबार दिउँसो २ बजे हुनेछ । जसमध्ये एक टिम सेमीफाईनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ