काठमाण्डौ, ९ भदौ ।
हिरा गौचनको अध्यक्षतामा जनगणतान्त्रिक सम्पर्क केन्द्रिय समन्वय समाजको महिला विभाग गठन भएको छ ।
नेकपाका केन्द्रिय सदस्य मकर गुरुङको आथित्यतामा आज सम्पन्न पहिलो भेलाले २१ सदस्यीय विभाग गठन गरेको हो ।
विभागको उपाध्यक्षमा सुस्मिता राई, सचिवमा अनुसना पण्डित, सह सचिवमा सविना लामा र सरस्वती के. सी तथा कोषाध्यक्षमा दुर्गा साउद र सह कोषध्यक्षमा गंगा गुरुङ रहेका छन् ।
भेलामा जनगणतान्त्रिक सम्पर्क केन्द्रिय समन्वय समाजका अध्यक्ष रत्न मगर, सुरेश अधिकारी , उद्धव पौडेल, उमा गुरुङ, हरि श्रेष्ठ लगायतको सहभागीता थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline