निर्मला हत्याकाण्डः बबिता बम र रोशनी बम पक्राउ

निर्मला हत्याकाण्डः बबिता बम र रोशनी बम पक्राउ

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

कन्चनपुर, ९ भदौ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका लागि प्रहरीले उनकै साथी बबिता बम र रोशनी बमलाई पक्राउ गरेको छ ।

निर्मला पन्त आफूसँग पढ्ने साथी १८ बर्षीया रोशनीलाई भेट्न उनको घर गएपछि बेपत्ता भएकाले उनीहरुलाई नै पक्रेर पहिले अनुसन्धान गर्नुपर्ने स्थानीय र आफन्तले माग गरेपछि दुवैलाई पक्राउ गरिएको हो । निर्मला बेपत्ता भएकै दिन साँझ उनकी आमाले बबिता र रोशनीको घर सोधखोज गर्न जाँदा उनीहरुले गैरजिम्मेवार जवाफ दिएको पीडितको दावी छ ।

प्रहरीले निर्मलाको बलात्कार र हत्याको आरोपमा मानसिक सन्तुलन गुमेका एक स्थानीयलाई पक्राउ गरेपछि घटनाका वास्तविक दोषीलाई जोगाउन प्रहरी प्रशासन नै संलग्न देखिएको आरोप लगाउँदै स्थानीयले लगातार विरोध प्रदर्शन गर्दै आएका छन् ।

दुबै दिदीबहिनीलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दिदीबहिनीलाई आजै म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।

यस्तै कञ्चनपुरको महेन्द्रनगरमा आज पनि कर्फ्यु जारी छ । किशोरी निर्मला पन्तको हत्याको विरोधमा स्थानीयले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले हिजो राति ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी राखेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बिहान बसेको सुरक्षा समितिको बैठकले कर्फ्यु आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ ।

यसअघि हिजो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका १४ वर्षीय बालक सन्नी खुनाको आज बिहान अन्त्येष्टि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ