महेन्द्रनगर क्षेत्रमा लगाएको अनिश्चितकालिन कर्फ्यू जारी, स्थिति साम्य बनाउन सर्वदलीय छलफल

महेन्द्रनगर क्षेत्रमा लगाएको अनिश्चितकालिन कर्फ्यू जारी, स्थिति साम्य बनाउन सर्वदलीय छलफल

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भीमदत्तनगर, ९ भदौ ।

कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि कञ्चनपुर प्रशासनले महेन्द्रनगर क्षेत्रमा लगाएको अनिश्चितकालिन कर्फ्यू जारी छ ।

बलात्कारपछि किशोरीको हत्या सम्बन्धमा प्रहरीले कमजोर अनुसन्धान गरेको भन्दै भण्डै एक महिना यता जारी आन्दोलन थप सशक्त भएपछि नियन्त्रणका लागि भन्दै प्रशासनले गएराती ८ बजेबाट कर्फ्यू लगाएको हो ।

स्थानीयको आन्दोलनमा हिजो प्रहरीले गोली चलाउँदा १७ वर्षिय सन्नी खुनाको मृत्यु भएको थियो । आन्दोलन नियन्त्रणमा लिन नसकेको, घटनाबारेको अनुसन्धान प्रभावकारी हुन नसकेको लगायत कारण देखाउदै गृहमन्त्रालयले जिल्लामा सुरक्षा नेतृत्व परिवर्नत गरेको भोली पल्ट हिजो गोली चल्दा किशोरको मृत्यु हुनुका साथै १० जना घाईते भएका हुन् ।

कञ्चनपुर प्रशासनले बिहीवार साँझ ५ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्म १२ घण्टे कर्फ्यू लगाएको थियो । हिजो बिहान केहीबेर शान्त प्रायः देखिएको महेन्द्रनगर नेपाल विद्यार्थी संघले आन्दोलन सुरु गरेपछि अपरान्हबाट एकाएक असान्त बनेको थियो ।

जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ । कफ्र्यू जारी रहेपछि आज बिहानै देखि महेन्द्रनगर क्षेत्र शुनसान छ ।

भीमदत्त नगरपालिका २ बाग्फांटाका दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गदै प्रहरीले प्रमाण नष्ट गर्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

साउन १० गते बेपत्ता भएकी किशोरीको खोजीमा बेवास्ता गरेको, घटनास्थलको मुचुल्का बनाईसकेपछि अलपत्र छाडेको, जर्बजस्ती दाहसंस्कार गराएको र शंकास्पदलाई अनुसन्धानको दायरामा नल्याएको पिडित पक्षको आरोप छ ।

किशोरीको बलात्कार पछि हत्या घटनामा दोषीलाई कारवाहीको माग गर्दै कञ्चनपुर, डडेल्धुरामा सीमित आन्दोलन अन्य जिल्लामा समेत सुरु भएको छ । घटनाका पीडितलाई न्यायको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा आज प्रदर्शन हुँदैछ । जस्टिस फर निर्मला अभियान सुरु गरी माईक्रो ब्लगिङ साईट ट्विटर प्रयोगकर्ताले काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन् । ट्विटरमा जस्टिस फर निर्मला ह्यासट्याग ट्रेन्डिङमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ