भदौ १३ देखि उपत्यकामा जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन हुने

भदौ १३ देखि उपत्यकामा जोर–बिजोर नम्बरका आधारमा सवारी साधन सञ्चालन हुने

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौं, भदौ ९ । बिमस्टेकको चौथो शिखर सम्मेलन अबधिभर राजधानीमा निजी तथा भाडाका सवारी साधनलाई जोर–बिजोर नम्बरका आधारमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख सहभागी हुने भएकाले तीन दिन उपत्यकाको सवारी आवागमनलाई सहज र व्यवस्थित तुल्याउन जोर–बिजोर नम्बर प्रणाली लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

भदौ १३ गतेदेखि १५ गतेसम्म तीन दिन उपत्यकाभित्र चल्ने सम्पुर्ण निजी तथा भाडाका सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिएको महाशाखाले जनाएको छ ।

जसअनुसार भदौ १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी साधनमात्र सञ्चालन गरिने भएको छ भने भदौ १४ गते जोर नम्बर प्लेटका सवारी साधनमात्र सञ्चालन हुन पाउनेछन् ।

सवारी साधनको अन्तिम दुई अंकको आधारमा जोर र बिजोर छुट्याईने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ