एसियाली खेलकुदको म्याराथनमा नेपालको निराशाजनक प्रदर्शन, दुई खेलाडीले बीचमै रेस छाडे

एसियाली खेलकुदको म्याराथनमा नेपालको निराशाजनक प्रदर्शन, दुई खेलाडीले बीचमै रेस छाडे

  • शनिबार, भदौ ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

जकार्ता, भदौ ९ । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत एथ्लेटिक्सका खेलहरु आजबाट सुरु भएका छन् ।
जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा आज बिहान भएको म्याराथनतर्फ नेपालका दुबै खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् ।

म्याराथनमा सहभागी नेपालका खेलाडीद्वय कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले निर्धारित ४२.१९५ किलोमिटरको दुरी पूरा गर्न सकेनन् । बस्नेतले ४० किलोमिटरपछि दौड छोडे भने पार्कीले ३० किलोमिटरमै रेसबाट बाहिरिए ।

एसियन गेम्सको म्याराथनमा जापानका हिरोतो ईनेईले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दुरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरे । समान समयमा दौड सकाएका बहराईनका एल हसन एलाबासी दोस्रो हुँदा चीनका बुएदुओले कास्य पदक हात पारे ।

२१ खेलाडी सहभागी म्याराथनमा जम्मा १५ खेलाडीले मात्रै दौड पूरा गरेका थिए । एसियन गेम्सको एलेटिक्सतर्फ नेपालका कुल ६ खेलाडी सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ