कन्चनपुरमा प्रदर्शन फेरि भड्कियो, प्रहरीले गाेली चलाउँदा बालकको मृत्युुः नेता रावलकाे अभिव्यक्ति के थियाे ?

कन्चनपुरमा प्रदर्शन फेरि भड्कियो, प्रहरीले गाेली चलाउँदा बालकको मृत्युुः नेता रावलकाे अभिव्यक्ति के थियाे ?

  • शुक्रबार, भदौ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

८ भदौ, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा स्थानीय वासिन्दाले गर्दै आएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा  एक जनाको मृत्यु भएको छ । गोली लागेर अरु १० जना प्रदर्शनकारी घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् ।

घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

बिहीबार अपराह्नदेखि लगाइएको कर्फ्यु शुक्रबार बिहान हटाइएपछि दिनभर सामान्य प्रदर्शनमात्रै भइरहेकोमा अपराह्न अचानक स्थिति भड्किएको थियाे । नेपाल विद्यार्थी संघको आह्वानमा जिल्ला प्रशासन कार्यालयअगाडि भएको प्रदर्शन झडपमा परिणत भएको हो ।

नेकपाका नेता भीम रावलले स्थानीय वासिन्दाको प्रदर्शनलाई राजनीतिक रङ दिन खोजेको भन्दै नेविसंघले विरोध प्रदर्शन आह्वान गरेको हो ।यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ