एकल पुरुषलाई ‘विदुर भत्ता’ दिने !

एकल पुरुषलाई ‘विदुर भत्ता’ दिने !

  • शुक्रबार, भदौ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

बैतडी, ८ भदाै । अबदेखि एकल पुरुषले पनि ‘विदुर भत्ता’ पाउने भएका छन् ।

सरकारले एकल महिलालाई भत्ता दिइरहेको अवस्थामा बैतडीको मेलौली नगरपालिकाले  एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन् ।

‘६० वर्ष नाघेका वृद्धहरु समस्यामा परिरहेको गुनासो व्यापक आउने गरेको छ त्यसैले नगर कार्यपालिकाबाट ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेका हौं,’ उपप्रमुख ओझाले भनिन– ‘यसले गर्दा वृद्धहरु खुशी भएका छन् ।’

‘वृद्धहरुको अवस्था हेर्दा केहीका छोराछोरी हुँदैनन्, कसैका छोराछोरी भए पनि ख्याल–खबर गर्दैनन्,’ उनले भनिन्– ‘र, यस्ता समस्यामा परेका व्यक्तिहरु हाम्रो नगरपालिकामा धेरै भएकाले विदुर भत्ता दिने निर्णय गरेका हौं ।’

७० वर्षपछि भने सरकारले नै वृद्धभत्ता दिने भएकाले नगरपालिकाले भत्ता नदिने (कटौती गर्ने) उनले बताइन् । साउनदेखि लागू हुने गरी विदुर भत्ता वितरण गरिने उपप्रमुख ओझाले बताएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ