भदौ ८ , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन निर्माण गर्न नयाँ मापदण्ड तयार गरेको छ । पुरानो तथा भित्रि शहरमा बर्गिकरण गर्दै नया मापदण्डमा भवनको उचाइ, तला र भूमिगत ( बेसमेंट ) सम्बन्धी नयाँ प्रावधानको व्यवस्था सहित महानगरपालिकाले भवन निर्माण मापदण्ड–२०७५ स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको हो । बेसमेन्टसहितको नक्सापासको हकमा पुरानो सहरी क्षेत्र संरक्षित उप- क्षेत्रमा जमिनमुनि एक तलामात्र बेसमेन्ट र अन्य क्षेत्रको हकमा जमिनमुनि दुई तलासम्म बेसमेन्ट निर्माण गर्न पाइने व्यवस्था गरिएको छ ।
नयाँ संशोधित मापदण्डमा पुरानो भित्रि सहरी क्षेत्र को रुपमा चिनिने संरक्षित स्मारक उपक्षेत्रभित्र प्राविधिक समितिको सिफारिसमा एक तलामात्र बेसमेन्ट बनाउन पाइने भएको छ । तर यस क्षेत्रमा अन्य व्यवस्थाको हकमा भवन निर्माण मापदण्ड २०६४ अनुसार हुने उल्लेख छ ।
स्थानीय राजपत्रको बुँदा ९ अन्तर्गत ( ख )मा
संरक्षित उपक्षेत्रमा व्यक्तिगत पार्किङ, निर्माण सामग्री भण्डारण गर्न र भूकम्प दिष्टिकोणले समेत मजबुत जग निर्माण गर्न अन्य घर ,धरा मुहान ,आदिलाई प्रतिकुल असर नपर्ने गरि एक तलामात्र बेसमेन्ट सहित अधिकतम ७ तल्ल ६५ फित सम्मको नया उचाई कयम गरिएको छ ।यससँगै ४५ फिट अर्थात् ५ तले घर बनाउन पाइने पुरानो मापदण्ड खारेज भएको छ ।
मिश्रित पुरानो बसोबास क्षेत्रमा सोही अनुसार बेसमेन्टसहित अधिकतम आठ तला र उचाइ ७५ फिटसम्म भवन निर्माण गर्न पाउने व्यवस्था गरिएको छ । वरिपरिका घर, स्मारक, धाराको मुहान आदिलाई प्रतिकूल असर नपर्ने गरी प्राविधिक समितिको सिफारिसमा बेसमेन्ट वा सेमिबेसमेन्ट निर्माण गर्न सकिने प्रावधान पनि नयाँ मापदण्डमा छ ।
बढ्दो शहरीकरण तथा जनघनत्वलाई ध्यान दिई पुरानो मापदण्ड अनुसारको उचाइ, तला र बेसमेन्टलगायतका विषयलाई संशोधन गरिएको महानगरपालिकाले सर्वोजनी गरेको स्थानीय राजपत्रमा उल्लेख छ ।

