नखरा !

नखरा !

  • शुक्रबार, भदौ ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.5K
    SHARES

जव सिधै आउँन गाह्रो हुन्छ

बाख्राको टाट्नासम्म स्याल
त्यसपछि ऊ नखरा पारेर आउँछ
बाख्राकै छाला ओढेर आउँछ
ऊ म्याँ म्याँ कराउँदै
त्यसपछि
एका विहानै खोरबाट
घोर्ले खसी हराउँछ !

जव सिधै पस्न गाह्रो हुन्छ
तिम्रो आँखाको दैलो उघारेर मनमा
त्यसपछि उसले पनि नखरा पार्छ
ऊ गुलावको फूल लिएर आउँछ
ऊ प्रेम पत्र बोकेर आउँछ
भोलिपल्टैबाट
तिम्रो एक थान दिल घाइते भैसक्छ !

हिजो आज चोर पनि
पाहुना बनेर आउँछ
कोसेली बोकेर
उम्मेदवार बनेर
आश्वासन बोकेर आउँछ
भोलिपल्ट विहान
तिम्रा भर्जिन सपनाहरू
अपहरित भैसकेका हुने छन !

तिम्रो हात पक्रन मन लाग्यो भने
या छामछुम पार्न मन लाग्यो भने
ऊ हात हेर्ने ज्योतिष बनेर आउँछ
धामी झाँक्री या डाक्टर बनेर आउँछ
ठीक अर्को दिनबाट
तिमीलाई वाकवाकी लाग्न थाल्छ !

जसरी मेरो देशको सरकार आएको छ
हाम्रै झण्डा बोकेर
हाम्रै नाम र नारा बोकेर
ठ्याक्कै हाम्रै रङ्ग बोकेर
सवैभन्दा बढी नखरा सरकार गरिरहेछ
हामी भ्रमको थाङ्नामा निदाइरहेछौं !

२०७५|०५|०६
ढल्को

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी