निर्मला पन्त हत्याकाण्डः दिनभरी प्रदर्शन, झडप हुँदा प्रहरीसहित आठ घाइते

निर्मला पन्त हत्याकाण्डः दिनभरी प्रदर्शन, झडप हुँदा प्रहरीसहित आठ घाइते

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

भीमदत्तनगर, ७ भदौ ।

१३ वर्षिय वालीका निर्मला पन्तको वास्तविक हत्यारालई सार्वजनिक गरि कारवाही गर्न माग गर्दे जारी आन्दोलमा प्रहरीले गोली चलाएको छ ।

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् ।

ट्राफिक चोकमा झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ, भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते हुनुभएको छ । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त क्षेत्रमा अहिले साझ देखि विहान ५ बजे सम्म करफ्यु आदेश जारी गरिएको छ ।

यसैबिच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताउनु भएको छ ।

गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।

छानबिनका लागि वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ । उहाँले आजैदेखि अनुसन्धान थाल्नुभएको प्रहरी स्रोतले जनाएको छ ।

आजमात्र प्रदेश नं. ७ का सांसद्हरुले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्न समेत आग्रह गरिएको छ ।

यस्तै, गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीलाई परिवर्तन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाइएको हो ।

उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको बताइएको छ । मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन गरेको छ । उनको ठाउँमा कुवेर कठायतलाई पठाउने तयारी रहेको छ ।
यस्तै निर्मला पन्त हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै अधिकारकर्मीले प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् ।

गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो ।

मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी लगातार आन्दोलनमा हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ