७ भदौ, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’लाई टेकु प्रहरी हिरासतमा राखिएको छ ।
यही भदौ ५ गते काठमाडौं आउँदै गर्दा नागढुंगाबाट गिरफ्तार गरिएको थियो । गिरफ्तारपछि करिब ३६ घण्टा दिनसम्म बेपत्ता पारिएको थियो ।
केन्द्रीय सदस्य असललार्य बुधबार राति मात्र महानगरीय प्रहरी काठमाडौं परिसर टेकुमा ल्याइएको हो । बिहीबार बिहानको उनको दुईटै खुट्टाको पैदा नराम्ररी सुन्निएको र अनुहारमा चोटका थुप्रै दाग देखिएको अवस्था रहेको छ । स्रोतका अनुसार असललाई सीआईबी टोलीले गिरफ्तार गरेर बेपत्ता पारेको र बेपत्ता समयमा चरम यातना दिइएको र नेकपा नेतृत्वबारे सूचना दिन व्यापक मात्रामा कुटपिट गरिएको थियो ।
गिरफ्तारपछि जोकोहीलाई यातना दिनु कानूनविपरीत मानिन्छ । तर सरकार (माथि)को निर्देशन भन्दै गिरफ्तारपछि बेपत्ता र चरम यातना दिँदै आएको छ । जसको नेकपाले भत्सर्ना गर्दै आएको छ ।