निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै

निकुञ्जमा बाघको सङ्ख्या बढ्यो, निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

वीरगञ्ज, ७ भदौ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुतm बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो ।

सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा सात वटा पाटेबाघ रहेको थियो । तर सन् २०१७÷१८ मा गरिएको राष्ट्रिय सर्वेक्षणको नतिजा आउन बाँकी रहे पनि पाटे बाघको सङ्ख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो ।

बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लालाई समेटेर पर्सा वन्यजन्तुबाट पर्सा राष्ट्रिय निकुञ्जमा गतवर्ष परिणत भएपछि यसको क्षेत्र विस्तार भएर ६२७ वर्ग किलोमिटरमा फैलिएको छ । बाघबाहेक हात्ती, चितवा तथा भालु जस्ता हिंस्रक जनावरसमेत रहेकाले निकुञ्ज घुम्न आउने पर्यटकलाई सुरक्षित घुमाउन हात्ती अथवा सफारी गाडी प्रयोग गर्ने गरिन्छ । बाहिरबाट आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर बाहिरबाट आउने कुनै पनि सवारी साधनलाई निकुञ्जभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

संसारकै लोपोन्मुख प्रजातिका रुपमा रहेको पाटे बाघ लोप हुन थालेपछि निकुञ्ज प्रशासनले यसको सङ्ख्या वृद्धि गर्न प्रभावकारी कार्यक्रम अघि सारेका छन् ।

प्रत्येक वर्ष निकुञ्जको भाठा क्षेत्रमा लाग्ने धार्मिक मेलाको कारण बाघको बासस्थान प्रभावित भई प्रदूषण बढ्नाले सो मेला अन्यत्र सार्न निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै गएको छ ।
सन् २०१३ को तथ्याङ्कलाई हेर्दा नेपालमा रहेका आरक्ष तथा निकुञ्जमा हाल १९८ वटा वयस्क बाघहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ