१३ वर्षीया बालिका निर्मला हत्याकाण्ड, कञ्चनपुरको प्रदर्शन अनियन्त्रित, एसएसपी चन्दले आजैबाट प्रमुखको जिम्मेवारी सम्हाल्दै 

१३ वर्षीया बालिका निर्मला हत्याकाण्ड, कञ्चनपुरको प्रदर्शन अनियन्त्रित, एसएसपी चन्दले आजैबाट प्रमुखको जिम्मेवारी सम्हाल्दै 

  • बिहिबार, भदौ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ, ७ भदौ ।प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेपछि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण उग्रबन्दै गएको छ ।

बिहीबार पनि कञ्चनपुरका स्थानीयले पुर्वपश्चिम महेन्द्रराजमार्ग महेन्द्रनगरदेखि कृष्णपुरसम्मको सडकका ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरे ।

पुर्वपश्चिम महेन्द्र राजमार्गको ठाउँ ठाउँमा प्रदर्शन हुँदा यातायात समेत ठप्प भएको छ भने बजार पूर्ण बन्द भएको छ । यातायात र बजार बन्दका कारण यात्रु र उपभोक्ता मारमा परेका छन् । बिहानैदेखि राजमार्ग र बजार क्षेत्रमा स्थानीय, व्यवसायी, महिला, युवा विद्यार्थीले वास्तविक अभियुक्त सार्वजनिक नगरेको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्काएका छन् ।

१० वर्ष अघि आफ्नै भिनाजुको हत्या गररे मानसिक सन्तुलन गुमाएका भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्ट अभियुक्त नभएको भन्दै मंगलबारदेखि स्थानीय आन्दोलनमा उत्रिएका थिए । बुधबार मृतक निर्मलाकी साथी रोशनी बमको घरमा आन्दोलनकारीले ढुङगामुढा प्रहार गरेका थिए । ढुङ्गामुढा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् ।

बम दिदीबहिनीले घटना लुकाउन खोजेको भन्दै प्रदर्शनकारीले उनीहरुको घरको मुल गेटमा टायर बालेर आन्दोलन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

होमवर्क गर्छु भन्दै साथी रोशनी बमको घर गएकी निर्मला पन्त ११ साउन शुक्रबारका दिन बिहान उखुबारीमा मृत फेला परेकी थिईन् । आन्दोलनकारीले कञ्चनपुरका एसपी, डिएपी र सिडिओको सरुवाको माग बमोजिम गृहमन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टलाई तानेर एसएसपी बिक्रम चन्दलाई पठाएको छ । एसएसपी चन्दले आजैबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व सम्हाल्ने भएका छन् । स्थितिलाई मध्य नजर गर्दै स्थानीय प्रशासनले बजार र राजमार्ग क्षेत्रमा बाक्लो अवस्थामा प्रहरी परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ