पक्राउ गरिएका नेता कार्यकर्ता रिहा गर्न नेकपा जनकपुर ब्युराे इन्चार्ज अरुणकाे माग

पक्राउ गरिएका नेता कार्यकर्ता रिहा गर्न नेकपा जनकपुर ब्युराे इन्चार्ज अरुणकाे माग

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडाैं, ६ भदाै । 

नेपाल कम्युनिस्ट पार्टीले राजनैतिक अभियानमा सहभागी भएका आफ्नो पार्टीका नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै विनाशर्त रिहाइको माग गरेकाे छ ।

केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज अरुणले बिज्ञप्ती निकालेर सर्लाहीबाट मंगलबार राती पक्राउ गरिएका आफनो पार्टीका नेता-कार्यकर्ताहरुलाई विनाशर्त रिहा नगरे त्यसविरुद्ध संघर्ष गर्ने र त्यसको परिणाम स्वयं सरकार हुनुपर्ने चेतावनी दिएका छन् ।

साथै राजनैतिक अभियानमा सहभागी भएका आफ्नो पार्टीका नेता-कार्यकर्ताहरुबाट कापी, किताव, साइकल, पर्चा, पोष्टर, मोबायल जस्ता सामाग्री प्रहरीले लुटेर लगेको अरुणको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा उच्च मनोबलका साथ दृढतापूर्वक कार्ययोजना लागु गर्दै अभियानलाई निरन्तरता दिन अभियानटोलीलाई निर्देशन  पनि गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ