एसियाली खेलकुद अन्तरगत पाराग्लाईडिङमा नेपालको उत्साहजनक प्रदर्शन

एसियाली खेलकुद अन्तरगत पाराग्लाईडिङमा नेपालको उत्साहजनक प्रदर्शन

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

६ भदौ, काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुदको पाराग्लाईडिङमा नेपालको उत्साहजनक प्रदर्शन जारी छ ।

नेपालले महिला र पुरुषको एकल एक्युरेसी र टिम एक्युरेसीमा पदकको सम्भावना जिवित राखेको छ ।

एकल महिला एक्युरेसीमा पाँचौ राउण्डसम्म आइपुग्दा नेपालकी त्रिशा श्रेठ वोमजन ३ सय ३० स्कोर गर्दै १० औं स्थानमा रहेकी छिन् । यो स्पर्धामा प्रतिभा भुजेल ३ सय ५९ अंकका साथ १६ औं स्थानमा छिन् ।

यसैगरी पुरुष एकल एक्युरेसीमा बिजय गौतम १ सय २२ अंकका साथ १४ औं स्थानमा समेटिँदा सुशील गुरुङ ४० अंकका साथ २५ औ स्थानमा छन् ।

यसैगरी महिला टिम एक्युरेसीमा १३ सय ९५ अंकका साथ नेपाल चौथो स्थानमा छ ।

यो विधामा नेपालका प्रतिभा भुजेल, त्रिशा श्रेष्ठ वमजन र सविता तामाङले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

पुरुष टिम एक्युरेसीमा नेपाल ८ औं स्थानमा रहेको छ । चौथो राउण्डसम्मको खेल सकिँदा नेपाल ३ सय ४७ अंक बटुल्दै ८ औं स्थानमा रहेको छ ।

यस इभेन्टमा बिमल अधिकारी, बिजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र बिशाल थापाले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

पाराग्लाईडिङको व्यक्तिगत एक्युरेसीमा १० राउण्ड तथा टिम एक्युरेसीमा ६ राउण्डको खेल हुन्छ ।

एक्युरेसीका खेल सकिएपछि शुक्रबारबाट क्रस कन्ट्री प्रतिस्पर्धा हुनेछ । नेपालले यो विधामा पदकको आशा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ