नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दै

  • बुधबार, भदौ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भदौ ६, काठमाण्डौ ।

एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलं पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ ।

पानागोडा मैदानमा हुने एकदिवसीय प्रतियोगितामा नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ ।
श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ ।

छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ