६ भदौ, काठमाडौं । काठमाडौंको कालीमाटीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् ।
उदयपुरको पञ्च गाउँपालिका–६ का २५ वर्षीय कुमार खत्रीलाई आज बिहान मोटरसाइकलले ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घाइते खत्रीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान सवा ३ बजे बा ५२ प ५४५६ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline