मोरङ, भदौ ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर वायोग्यास उद्घाटन गर्दै अब ग्यास सिलिण्डर काधमा बोकेर हिड्ने दिन सकिएको घोषणा गर्नुभएको छ ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा जडित वायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’
श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाल्दै ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताउनु भयो ।
यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गर्नुभयो ।
सो क्षेत्रमा पहिलो चरणमा गाईको गोबरबाट उत्पादित बायो ग्यास जडान गरिसकेको छ । सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायो ग्यास र्पुयाएउने पहिलो चरणको काम सकाएको हो ।
दोश्रो चरणको काम पनि जारी रहेको जनाएको छ । प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन् ।
एलीप ग्यास भन्दा वायो ग्यास सस्तो पर्ने भएकाले पनि स्थानीय वासी उत्साहित देखिएका छन् । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास अहिले स्थानीयको घर–घरमा पाइपबाट र्पुयाइएको हो ।
विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बाल्न सुरु गरेसँगै आज प्रधानमन्त्रीले सोही बायो ग्यासको निरीक्षण सँगै त्यसको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन् ।