तेक्वान्दोमा तेस्रो दिन पनि नेपाल पदकविहीन

तेक्वान्दोमा तेस्रो दिन पनि नेपाल पदकविहीन

  • मङ्लबार, भदौ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, ५ भदौ ।

इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ ।

तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

आज भएको खेलमा महिला ५७ केजी मुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० को फराकिलो अन्तरले पराजित भइन् ।

त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा पुगेकी थिइन् ।

महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले निराश पारिन् । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।

बुधबार नेपालका भूपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्ने तेक्वान्दोका प्रशिक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

एशियाली खेलकूदमा नेपाललाई सर्वा्धिक पदक दिलाएको तेक्वान्दोमा नेपालले हालसम्म एक रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ