१ सय भन्दाढी घरमा पाइपबाट ग्यास जडान, प्रधानमन्त्रीले आज निरीक्षण गर्ने

१ सय भन्दाढी घरमा पाइपबाट ग्यास जडान, प्रधानमन्त्रीले आज निरीक्षण गर्ने

  • मङ्लबार, भदौ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

मोरङ, भदौ ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा जडित वायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्नु हुने भएको छ ।

गौ सेवा सदनले विराटनगर महानगरपालिकाको वडा नम्बर १४ स्थित १ सय भन्दा बढी घरमा पहिलो चरणमा गाईको गोबरबाट उत्पादित बायो ग्यास जडान गरिसकेको छ । सदनले स्थानीयको घर–घरमा पाइप बिछ्याएर वायो ग्यास र्पुयाएउने पहिलो चरणको काम सकाएको हो ।

दोश्रो चरणको काम पनि जारी रहेको जनाएको छ । प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास जडान गरिसकेका छन् । सोहि जडित ग्यासको प्रधानमन्त्री ओलीले आज निरीक्षण तथा उद्घाटन गर्न लाग्नु भएको हो ।

एलीप ग्यास भन्दा वायो ग्यास सस्तो पर्ने भएकाले पनि स्थानीय वासी उत्साहित देखिएका छन् । गौशला भित्र रहेको २ सय ७ वटा गाईको गोबर संकलन गरी उत्पादन गरिएको बायोग्यास अहिले स्थानीयको घर–घरमा पाइपबाट र्पुयाइएको हो ।

विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बाल्न सुरु गरेसँगै आज प्रधानमन्त्रीले सोही बायो ग्यासको निरीक्षण सँगै त्यसको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले बायो ग्यासको निरीक्षण तथा उद्घाटन गर्ने भनेपछि प्राविधिकहरुले स्थानीयको घर–घरमा गएर चुलो बालेर परीक्षण समेत गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ