हतियारसहित नेपाल आएका भारतीय सेनाका कर्नेल पक्राउ

हतियारसहित नेपाल आएका भारतीय सेनाका कर्नेल पक्राउ

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

४ भदौ,काठमाडौं । भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित नेपाल आएका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भारतीय सेनाका कर्नेल बलबहादुर पुन गोलीसहित पक्राउ गरेको हो । उनको स्थायी घर चितवन हो । हाल काठमाडौं बस्दै आएका पुनलाई विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल अाउनु दुई हप्ता पहिलेनै भारतीय सेनाका कर्णेल हतियारसहित पक्राउ परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ