सरकारी टोलीलाई थुन्ने व्यवसायीमाथि आपूर्तिमन्त्रीको ‘एक्सन’, तरकारी संघका नेता पक्राउ

सरकारी टोलीलाई थुन्ने व्यवसायीमाथि आपूर्तिमन्त्रीको ‘एक्सन’, तरकारी संघका नेता पक्राउ

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

काठमाण्डौ, ४ भदौ ।

कालीमाटी तरकारी बजारमा अनुगमनमा गएको सरकारी टोलीलाई व्यवसायीले अवरोध गरेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव आफै सो क्षेत्रमा पुग्नुभएको छ ।

मन्त्री यादव आफै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली लिएर कालीमाटी पुगी अनुगमनमा अबरोध गर्ने व्यावसायीमाथि एक्सन लिएका हुन् ।

मन्त्री यादवले एकाविहानै कालिमाटी बाजÞारमा विचौलियाको मारमा परेको तरकारी मूल्यबारे अनुगमन गर्न गएको टोलीलाई केही व्यापारीले अवरोध गरेकोले आफै सो स्थानमा पुगेको बताउनु भयो ।

उहाँले अनुगमन गर्दा दुई ट्रक विल जारी नभएको तरकारी जफत गरिएको तथा गÞल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरि आवश्यक कार्बाहीको प्रक्रिया अगाडि बढ़ाइएको बताउनु भयो ।
किसान उपभोक्ताबिचको दूरी घटाई महँगी नियंत्रण गर्न सरकार अग्रसर रहेको पनि बताउनु भयो ।

कालीमाटीका व्यापारीले यसअघि पनि सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन् । तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
यसैबीच अनुगमनमा निस्किएको सरकारी टोलीलाई कोठामा थुन्ने कालिमाटी फलफल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारी टोलीलाई नियन्त्रणमा लिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान तरकारीको भाउ महंगिएकोलगायतका समस्या निरन्तर आउन थालेपछि टोली अनुगनमनका लागि कालिमाटी पुगेको आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वको टोलीमाथि व्यवसायीले कोठामा थुनिदिएका थिए । उनीहरुलाई प्रहरीले उद्धार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी