४ भाद्र, काठमाण्डौं ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज आजाद केसीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
आइतबार साँझ पक्राउ गरिएका उनलाई भक्तपुरको जगाती स्थित प्रहरी कार्यालयमा राखिएको छ ।गत साउन २२ गते भक्तपुरको आफ्नै डेराबाट गिरफ्तारमा परेका उनलाइ १३ दिनपछि आईतवार धरौटिमा रिहा गरिएको थियो ।
भक्तपुर जिल्ला अदालतले उहाँलाई धरौटिमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।
भक्तपुरको कमलबिनायकबाट गिरफ्तार परेका केसीलाई भक्तपुर जिल्ला अदालतले भाद्र ३ गते आइतबार रिहा गरेको थियो ।
अदालतले रिहा गरे लगत्तै प्रहरीलाई केसीलाई पुन पक्राउ गरेको केसीको पारिवारीक श्रोतले जनाएको छ ।
छुट्यो कि !
नेकपाका केन्द्रिय सदस्य आजाद रिहा
नेकपाका केन्द्रिय सदस्य आजाद भक्तपुरबाट गिरफ्तार
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline